नियम ८४
बढुवा मिति र बढुवा नियुक्ति
(१) ऐनको दफा २० को उपदफा (४) बमोजिम बढुवा नामावली प्रकाशित भएपछि बढुवा उजूरीको
प्रयोजनको निमित्त सो नामावली प्रकाशित भएको मितिबाट पैंतीस दिनसम्म बढुवा सिफारिस पाउने उम्मेदवारलाई बढुवा नियुक्ति
नदिई प्रतीक्षा सूचीमा राखिनेछ । उपर्युक्त बढुवा सिफारिस उपर उजूरी नपरेमा सो नामावली प्रकाशित भएको मितिले छत्तीसौं दिन (
उजूर गर्ने म्याद सकिएको भोलिपल्ट) को मितिबाट बढुवा हुने श्रेणीको ज्येष्ठता कायम हुने गरी नियुक्ति दिनु पर्नेछ ।
(१क) जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनद्वारा भएको बढुवा सिफारिस उपर उपनियम (१) बमोजिम उजुरी परेमा त्यस्तो
उजुरीको टुंगो नलागेसम्म कार्य क्षमताको मुल्याङ्कनद्वारा बढुवा सिफारिस हुने उम्मेदवारहरुलाई समेत बढुवा नियुक्ति नदिई प्रतिक्षा
सूचीमा राखिनेछ ।
(१ख) जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनद्वारा भएको बढुवा सिफारिसमा संशोधन भई सो सिफारिसबाट नाम हटेको निजामती
कर्मचारी कार्यक्षमताको मुल्याङ्कनद्वारा हुने बढुवामा समावेश हुने अवस्थामा उपनियम (१) बमोजिम निजको उजुरी नपरे पनि उपयुक्त
योग्यताक्रम कायम गरी सिफारिस गर्नु पर्नेछ ।
(२) बढुवा सिफारिस उपर ऐनको दफा २४च. बमोजिम उजूरी परेमा देहाय अनुसार ज्येष्ठता मिति कायम गरी नियुक्ति दिनु
पर्नेछ ः-
(क) ऐनको दफा २४च. को उपदफा (२) बमोजिम बढुवा सिफारिस संशोधन गर्ने निर्णय भएमा सो बमोजिम संशोधित
नामावली प्रकाशन भएको मितिदेखि, ……….
(ख) उजूरी खारेज भएमा वा पहिलेको बढुवा सि˚ारिस नै कायम भएमा पहिलो पटक बढुवा सि˚ारिस प्रकाशित भएको
मितिले छत्तीसौं दिन देखि, र
(ग) कुनै बढुवा सम्बन्धमा अदालतमा मुद्दा परी बढुवा बदर भई पुन बढुवा समितिबाट बढुवा सम्बन्धी निर्णय गरेमा
पछिल्लो पटक बढुवा समितिबाट निर्णय भएको मितिदेखि ।
(३) उपनियम (१) बमोजिम बढुवा नामावली प्रकाशन भएको मितिले पैंतीस दिनभित्र ऐनको दफा २०क. बमोजिम बढुवा
हुने भएमा बढुवा समितिले त्यस्ता कर्मचारीको नामावली बढुवा सिफारिसमा समावेश नगर्न सक्नेछ ।